युरोकप २०२४ को छनोटको पहिलो खेलमा इंग्ल्याण्डले इटालीलाई २–१ गोल अन्तरले हराएको छ । गएराति सम्पन्न खेलमा पाहुना टोली इंग्ल्याण्डको जितमा डिक्लन राइस र कप्तान ह्यारी केनले गोल गरे ।
इटालीका माटियो रेटेगुईले एक गोल फर्काए । डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा भएको रोमाञ्चक खेलमा १३औँ मिनेटमा डिक्लन राइसले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाए ।
४४औँ मिनेटमा कप्तान केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई पहिलो हाफमै २–० ले अघि बढाए । योसँगै केन इंग्ल्याण्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
५६औँ मिनेटमा इटाली माटियो रेटेगुईले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । लुका शा दोहोरो पहेँलो कार्ड पाएपछि ८०औँ मिनेटमा इंग्ल्याण्ड १० खेलाडीमा समेटियो ।
यस जितसँगै समूह ‘सी’ मा इंग्ल्याण्डले ३ अंब जोडेको छ । इटाली भने अंकविहीन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।