त्रिभुवन विश्वविद्यालयमा यही ५ चैतमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अहिलेसम्म ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ ।
अहिलेसम्म देशभरका ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अब १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी छ ।
त्रिविबाट प्राप्त विवरणअनुसार नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सर्वाधिक १९ क्याम्पसको सभापति जितेको छ ।
त्यस्तै, नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) १८, अखिल क्रान्तिकारी चार, समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत संघले एक क्याम्पसमा जित हात पारेका छन् ।
अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रिविले जनाएको छ । त्रिविले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।