राहुल गान्धीको सांसद पद खारेज

भारतमा राहुल गान्धीको सांसद पद खारेज भएको छ । चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस नेता राहुल गान्धीविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको हो ।

यसअघि राहुल गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो। अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।

सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए ।  





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १५:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया