बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
फाइल फाेटाे

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो । 

प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७, नेकपा(माओवादी केन्द्र)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी)को सात, नेपाल मजदुर किसानको तीन र हाम्रो नेपाली पार्टीको दुई गरी ११० सदस्य रहेका छन् । 

उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जमकट्टेलले माघ ३ गते पहिलोपटक विश्वासको मत लिएका थिए । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत लिएका हुन् । 

राप्रपाका तीन जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिँदै सरकारको समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन् । 





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १६:३१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया