झापा पुगेर ओलीले भने- प्रदेश नामाङ्कनका विषयमा विवाद आवश्यक छैन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन् । 

झापाको बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै ओलीले कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको बताए । 

‘प्रदेशको नामाङ्कन ठीक ढङ्गले भएको छ’, उनले भने, ‘मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको हो त्यसमा कसैले आपत्ति जनाउनुहुँदैन ।’ 

वातावरण, नदी प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको भन्दै उनले भने, “कोशी प्रदेश उपयुक्त छ । अब नामका विषयमा आन्दोलन, जुलुस गर्नु बेकार छ ।’ 





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १९:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया