उपनिर्वाचनमा गठबन्धन नगरी लड्ने रास्वपाको निर्णय
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले त्यस्तो निर्णय गरेको हो । 

चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा कसैसँग पनि गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए ।

उक्त बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन–२मा  उपसभापति डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा–२मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकिएको छ ।  





  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार १३:३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया