उपचुनाव र मन्त्री चयनका लागि कांग्रेस पदाधिकारीको बैठक सुरु

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारीको बैठक सुरु भएको हो ।

उपचुनाव र मन्त्री चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक डाकिएको हो । १० वैशाखमा बारा, तनहुँ र चितवनमा हुन लागेको उपचुनावलाई केन्द्रमा राखेर पदाधिकाकारी बैठक बसेको हो । 

आजको बैठकले ती क्षेत्रमा पार्टीबाट कसलाई उम्मेदवार बनाउने मापदण्डसहितका विषयमा एउटा टुंगो लगाउने बताइएको छ । कांग्रेसले तनहुँ र १ र चितवन २ मा उम्मेदवार उठाउने तयारीस्वरुप नाम सिफारिस गर्न क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिलाई निर्देशन दिइसकेको छ । 

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन् । सत्ता गठबन्धनले उनलाई सहयोग गर्ने भएको छ । 

बैठकमा सरकार विस्तारको तयारी र प्रधानमन्त्रीसँग भइरहेको छलफलबारे पनि सभापति देउवाले ब्रिफिङ गर्नेछन् । 

कांग्रेसले सरकारमा ८ मन्त्रालय दाबी गरिरहेको छ । कुन मन्त्रालय लिने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि आज छलफल हुने बताइएको छ । 





  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार १७:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया