तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

मनाङ मर्स्याङ्दी क्लबले २२औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । २०३३ सालदेखि सुरू भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो ।

शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९–८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो । खेल बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा सम्पन्न भएको हो ।

उपाधिसँगै सुदूरपश्चिमले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता मनाङले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ ।

 निर्धारित समयमा दुबै टिमले १–१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो ।

सुदूर पश्चिमका फागुराम थारुको प्रहार विपक्षी गोलरक्षक जियानाथ शेखले रोके भने दीपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङको जित सुनिश्चित भएको थियो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपंक्तिका खेलाडी,  गोलरक्षक, मध्यपंक्तिका खेलाडी, रक्षापंक्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।



उत्कृष्ट गोलरक्षक मनाङका जियानाथ शेख, उत्कृष्ट रक्षापंक्तिको खेलाडी आशिस गुरुङ, उत्कृष्ट अग्रपंक्तिको खेलाडी सुदूरपश्चिमका फागुराम थारु, उत्कृष्ट मध्यपंक्तिको खेलाडी मनाङका बिशन गुरुङ, उत्कृष्ट मध्यपंक्तिको खेलाडी मनाङकै किरण श्रेष्ठ घोषित भए ।



  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार १९:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया