नयाँ वर्षको अवसरमा भक्तपुर महोत्सव आयोजना

नयाँ वर्ष २०८० सालको शुभ अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९–८०’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक दीपक थापाले मध्यपुर ब्वाइज ब्याण्डकोे र भक्तपुर जिल्ला खेलकुद विकास समिति भक्तपुरको सहयोगमा आगामी चैत्र २३ गतेदेखि वैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने जनाए । 

आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको उनले जनाए । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको आयोजना गरिने जनाइएको छ । 

यहाँ २०० भन्दा बढी स्टल रहनेछन् । यहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ताहरुको बिक्री वितरणका स्टल हुनेछ । 

कृषि तथा हस्तकलाका सामाग्री, भाँडाकुडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहनेछन् । अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानहरुको स्टलरहने छन् । 

बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । 





  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार १९:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया