कांग्रेस बैठक : आठवटा मन्त्रालयमा दाबी नछाड्ने निष्कर्ष

नेपाली कांग्रेसले आठवटा मन्त्रालय दाबी गर्ने भएको छ। शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

बैठकमा सरकारमा सहभागी हुने विषयमा उपसभापति पूर्णबहादुर खड्काले ब्रिफिङ गरेका थिए । आफूहरुले कांग्रेसको तर्फबाट आठवटा मन्त्रालयमा दाबी गरेको उनले जानकारी गराएका थिए।

कांग्रेसले तनहुँ र १ र चितवन २ मा उम्मेदवार उठाउने तयारीस्वरुप नाम सिफारिस गर्न क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिलाई निर्देशन दिइसकेको छ । आजको बैठकमा सो विषयमा पनि ब्रिफिङ गरिएको थियो।

गठबन्धनभित्र कांग्रेसले सात वटामात्र मन्त्रालय पाउने बताए पनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने खडकाले बताए।

सत्ताको नेतृत्व गरेको माओवादीले सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गरिसक्ने बताउँदा दलहरु आन्तरिक छलफलमा जुटेका छन्।

उपचुनावका लागि उम्मेदवार टुंगाउन कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक सोमबार बोलाउने भएको छ।





  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार २१:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया