मोरक्कोसँग हार्‍यो ब्राजिल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले मोरक्कोसँग हार बेहोरेको छ । आज बिहान सम्पन्न खेलमा उसले मोरक्कोसँग २–१ को हार बेहोरेको हो ।  

मोरक्कोको घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि कप्तान क्यासमिरोले मात्र एक गोल गर्न सके । मोरक्कोको जितमा सोफिएन बोउफल र अब्देलहामिद साविरीले गोल गरे ।  

ग्रान्ड स्टेड डि टानगेरमा भएको खेलमा २९औँ मिनेटमा सोफिएन बोउफलले मोरक्कोलाई सुरुआती अग्रता दिलाए । ६७औँ मिनेटमा क्यासमिरोले गोल गर्दै खेललाई १–१ स्थितिमा ल्याए । तर, ७९औँ मिनेटमा अब्देलहामिद साविरीले गोल गर्दै मोरक्कोलाई २–१ को रोमाञ्चक जित दिलाए । 

ब्राजिलले मोरक्कोविरुद्ध रोनी, राफयल भेइगा, एन्डरे सान्तोष, रोजर इवानेज, भिटर रोकी, युरी अल्बर्टाे, आर्थरलगायत युवा तथा नयाँ खेलाडीलाई अवसर दिएको थियो ।  





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार ७:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया