नर्वेविरुद्ध स्पेनको सानदार जित, डेब्युमै जोसेलुको दुई गोल

युरो २०२४ को छनोट खेलमा स्पेनले नर्वेलाई ३–० ले हराएको छ । गएराति सम्पन्न खेलमा स्पेनको जितमा जोसेलुले दुई र ड्यानी ओल्मोले एक गोल गरे । 

स्टेडियो ला रोसालेडा मालगामा भएको खेलमा १३औँ मिनेटमा ड्यानी ओल्मोले स्पेनलाई सुरुआती अग्रता दिलाए । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भए । त्यसपछिको दुई गोल परिवर्तित खेलाडी जोसेलुको नाममा रह्यो । 

८१औँ मिनेटमा कप्तान अल्भारो मोराटाको स्थानमा मैदान छिरेका जोसेलुले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्पेनलाई ३–० को सानदार जित दिलाए ।

उनले ८४औँ र ८५औँ मिनेटमा गोल गरे । ३२ वर्षीय जोसेलुको यो डेब्यु खेल हो । यो जितसँगै  समूह ‘ए’ रहेको स्पेनले युरो छनोटमा ३ अंक जोडेको छ । नर्वे भने अंकविहीन छ । 

यही समूहको अर्को खेलमा स्कटल्याण्डले साइप्रसलाई ३–० ले हरायो ।  





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार ८:२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया