एपिएफ क्लब विराट गोल्डकपको सेमिफाइनलमा

साविक विजेता एपिएफ क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सहिद रंगशालामा सम्पन्न खेलमा भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । 

निर्धारित समयसम्म एक–एक गोलको बराबरीमा रहेको खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गरी २–१ को अग्रता बनाउँदै जित निकाल्यो ।

खेलमा निर्णायक गोल गरेका बेडुम ‘प्लेयर अफ दि म्याच’ हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ र उपविजेता टिमले १० लाख २५ हजार रुपैयाँ नगद राशि प्राप्त गर्नेछन् । 





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार ८:४४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया