लुम्बिनी सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरूले दिए पदबाट राजीनामा
फाइल तस्बिर

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । लुम्बिनी प्रदेशमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। 

आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जनाले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका छन् । लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएसँगै मुख्यमन्त्री गिरी अल्पमतमा परेका छन् । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । 





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार १३:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया