वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका समीर कार्की निर्वाचित भएका छन् ।
कार्की २ सय ९५ मतका साथ अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सभापतिमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका मुबारक अलिले १ सय ३६ मत ल्याए । क्याम्पसमा ४ सय ८० मतदाता रहेकोमा ४ सय ३४ जनाले मतदान गरेका थिए ।
सचिवमा अखिल क्रान्तिकारीका धिराजन परियार निर्वाचित भए । उनले २ सय ७७ मत ल्याउँदा नेविसंघका कीर्तन पण्डितले १ सय ४९ मत पाए ।
कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी भइन् । उनले २ सय ८२ र नेविसंघका कीर्ति कँडेलले १४७ मत ल्याइन् । सदस्यमा महादेवसिंह कुश्वाह, अनिसा आचार्य, दीपा कार्की, गरिमा गुरुङ र लोकराज थापा निर्वाचित भएका छन् ।
२५ फागुनमा विद्यार्थीको नामावली सार्वजनिक नभएको विरोधमा कांग्रेसनिकट नेविसंघ र माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि पूर्वनिर्धारित ५ चैतमा चुनाव हुन सकेको थिएन ।
पोखरामा अझै पाँचवटा क्याम्पसमा निर्वाचन हुन बाँकी छ । विद्यार्थी संगठनको तालाबन्दी र स्ववियुसम्बन्धी विवाद अदालतमा पुगेकाले यी क्याम्पसपमा स्ववियु निर्वाचन हुन ढिला भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।