उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धीरेन्द्र शाही निर्वाचित

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । ​सङ्घको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्षमा पारस विष्ट, उद्योग उपाध्यक्षमा गोरख विक, महिला उपाध्यक्षमा चन्द्रा कार्की र महासचिव खगेन्द्र पुलामी मगर निर्वाचित भएका छन् ।

त्यस्तै, सचिव नरबहादुर विक, कोषाध्यक्ष अनिल शाही तथा सदस्य तेजबहादुर सिंह, जङ्गबहादुर बिसी, प्रेमबहादुर श्रेष्ठ, दीपेन्द्र गैरे, खिमबहादुर वली, ललित सुनार, जनक विष्ट, पदमा देउवा र बेलमती नेपाली निर्वाचित भएको अध्यक्ष शाहीले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्दै वाणिज्य क्षेत्रबाट नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न तथा कर्णालीको अर्थतन्त्रलाई सघाउने खालको योजना अगाडि बढाउन आग्रह गरे । 





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार १०:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया