नेप्से परिसूचक १७.७० अंकले वृद्धि

साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अंकले बढेर ३५८ विन्दुमा पुगेको छ।

यसअघि आइतबारको कारोबारमा भने सेयरबजारमा गिरावट आएको थियो । सोदिन नेप्से परिसूचक नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको थियो  । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

नेप्से सुचकमा १६७ कम्पनीमा वृद्धि भएको छ । ४४ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक सेयरकारोबार भएको छ । 

उक्त कम्पनीको ५ करोड ९० लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा जीवन विकास लघुवित्त भने दोस्राे स्थानमा रहेको छ। यसको आज ४ करोड ७० लाख भन्दाबढीको कारोबार भएको छ।



सोमबार १३ उपसूचकमध्ये माइक्रोफाइनान्स बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, जीवन विमा र निर्माण प्रशोधन २ प्रतिशतले वृद्धि भएको छ।

आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, एसियन हाइड्रोपावरका र कालिन्चोक दर्शन १० प्रतिशतको सेयर कारोबार भएको छ। यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी अजोड जिन बिमाको ८.३० प्रतिशत र लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ५.५२ प्रतिशतको कारोबार भएको हो ।



  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार १५:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया