महिला ओलम्पिक फुटबलको चरण छनोटको तयारी पूरा

नेपालमा हुने महिला ओलम्पिक फुटबलको एसियन पहिलो चरण छनोटको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलनमार्फत साे जानकारी दिएकाे हाे ।  

दशरथ रंगशालामा हुने नेपाल र भियतनामले खेल्ने छनोटको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । छनोटको समूह ‘सी’मा रहेको नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर, प्यालेस्टाइन र अफगानिस्तानले छनोटबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र समूह ‘सी’मा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

नेपालले आउँदो चैत २२ गते भियतनामविरुद्ध पहिलो र २५ गते दोस्रो खेल खेल्नेछ । एन्फाका अनुसार छनोटका लागि भियतनामको टिम चैत २० गते नेपाल आइपुग्नेछ ।

एन्फाले साधारणतर्फको टिकट मूल्य ३०० र भिआइपीतर्फको मूल्य एक हजार रुपैयाँ तोकेको छ । 





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार १७:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया