\
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तनहुँ, बारा र चितवनमा वैशाख १० मा हुने उपनिर्वाचन परिचालनका लागि संयोजक तोकेको छ।
साेमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि तनहुँ १ मा कोषाध्यक्ष निलकण्ठ काफ्ले, चितवन २ मा उपाध्यक्ष विक्रम पाण्डे र बारा २ मा उपाध्यक्ष बुद्धिमान तामाङलाई निर्वाचन कमाण्डर तोकेको हाे ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले तीनवटै क्षेत्रमा उम्मेदवारी दिने पनि निर्णय भएको छ।
यस्तै राप्रपाको केन्द्रीय कार्यसमिति बैठक वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने तय भएको छ।
साथै पार्टीको राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासँग सम्बन्धित विषयमा बैठकले आन्दोलनमा केन्द्रीत हुने गरी छलफल चलाएको छ।
आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा महामन्त्री शरद पाठक र सहमहामन्त्री झनक प्याकुरेल रहेको समिति गठन गरिएको हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।