दुई दिन पछि सर्यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । सरकार विस्तार र उपुचनावका विषयमा छलफल गर्न बोलाइएको बैठक दुई दिनका लागि सारिएको हो । 

यसहघि मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दुई दिनका लागि सारिएको छ । अब चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बैठक बस्ने भएको छ । 

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ ।’ 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । 

मंगलबार बिहान कांग्रेसले सरकार विस्तारका विषयमा छलफल गरेपछि दिउँसो ४ बजे सत्ता गठबन्धनको बैठक बस्ने तय भएको थियो । तर, सत्तारुढ दलको बैठक नै दुई दिन पछाडिलाई सारिएको छ ।





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार १९:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया