डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीमा पठाउने देउवाको तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने भएका छन् । पार्टी पदाधिकारीहरूकै चर्को विरोधका बाबजुद देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी महतलाई दिन लागेका हुन् । 

अर्थ मन्त्रालयमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगयतको चर्चा थियो । सभापति देउवाले महतलाई च्यापेपछि उपसभापति तथा महामन्त्री पछि परेका छन् । महत कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महाधिवेशनमा पराजित भए पनि देउवाले उनैलाई प्रवक्ताको जिम्मेवारी दिए । महाधिवेशनमा पराजित भएको व्यक्तिलाई प्रवक्ता बनाएको भन्दै कांग्रेसवृत्त र बाहिर पनि देउवाको चर्को आलोचना भएको थियो ।

पार्टीको चुनावमा हार बेहोरे पनि देउवाले महतलाई समानुपातिक प्रणालीमार्फत सांसद बनाए । अघिल्लो निर्वाचनमा महत काठमाडौं ५ बाट एमलेका नेता ईश्वर पोखेलसँग पराजित भएका थिए । अहिले सो क्षेत्रमा उनै पोख्रेललाई पराजित गर्दै कांग्रेसका युवानेता  प्रदीप पौडेल विजयी भएका छन् । 

महतलाई अर्थमन्त्री बनाउने विषयमा उपसभापति खड्कासहित कोही पनि पदाधिकारी सन्तुष्ट नरहेको कांग्रेस स्रोतको दाबी छ ।





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार २०:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया