१० दलीय गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबन्डाको टुंगो लाग्नसक्ने

१० दलीय सत्ता गठबन्धनको बैठक आज बस्दैछ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएपछि आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

आजको बैठकले मन्त्रिपरिषद् विस्तारको निर्णय गर्ने बताइएको छ । सोमबार तीन शीर्ष नेताबीचको बैठकमा मंगलबार मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको थियो ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । दलहरूबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । 

कांग्रेसले अर्थसहित आठ मन्त्रालय र एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय पाउनुपर्ने अडान लिँदै आएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित साविकै मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडान राखेको छ । 

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत १० दल आबद्ध छन् ।

६ चैतमा संसदबाट दोस्रोपटक विश्वासको मत लिएपछि निरन्तर शीर्ष नेताहरूबीच छलफल गरे पनि प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार ६:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया