साफ यू-१७ च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै सुखद अन्त्यको खोजीमा नेपाल

साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज चौथो खेलमा आयोजक बंगलादेशसँग खेल्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज बंगलादेशलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्यको खोजीमा छ । 

नेपालले अघिल्लो तीन खेलमा दुई हार र एक खेलमा जित निकाल्यो । नेपाल पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भयो । दोस्रो खेलमा भुटानलाई ५–० ले हराउँदा तेस्रो खेलमा नेपालले रसियासँग ३–० को हार बेहोर्‍यो ।   

नेपाल ३ खेलमा ३ अंकका साथ चौथो स्थानमा छ । शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना समाप्त भइसकेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।  

रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत तेस्रो तथा अंकविहीन भुटान पुछारमा छ । प्रतियोगिताको अन्तिम खेलमा आज नै रसिया र भारत खेल्दैछन् । 

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार ७:५७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया