रास्वपा उपसभापति अर्याल भन्छन्– सरकारमा जानु समयको माग
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन् ।  

उपनिर्वाचन तयारीका लागि चितवन आएका अर्यालले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकारमा रास्वपाको सहभागिता अहिलेको आवश्यकता भएको बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि रास्वपाको आवश्यकता महसुस गरेको बताए । सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै अर्यालले सरकारमा जान आतुर भने नभएको बताए ।  

‘सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो । सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ’, पूर्वमन्त्री समेत रहेका अर्यालले भने । 

सरकारमा सहभागी भएको खण्डमा रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले बुझ्नुपर्ने पनि उनले बताए । सरकारमा जानु नै गलत हो भनेर भाष्य निर्माण गर्नु आफैँमा गलत भएको अर्यालको भनाइ छ। 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार ८:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया