कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित
फाइल तस्बिर

नेपाली कांग्रेसले आज मंगलबारका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। मंगलबार बिहान ९ बजे पार्टी कार्यालयमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।  

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अब केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत १६ गते (बिहीबार) बिहान बस्ने छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रहसमेत गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउने तय भएको थियो ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार ११:४१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया