मिटर ब्याज पीडितसँग वार्ता गर्न समिति गठन, प्रधानमन्त्रीले आजै भेट्ने तयारी
फरकधार / १४ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहितको वार्ता समिति गठन गरेका हुन् ।



समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।



चार सदस्यीय यो टोलीले मिटरब्याज पीडितसँग भेट्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले पनि आजै मिटरब्याज पीडितसँग भेट्ने तयारी गरेका छन् ।   



तराईका विभिन्न जिल्लाबाट सोमबार मात्र मिटरब्याज पीडितहरू काठमाडौं आइपुगेका थिए । उनीहरूले आज बिहानैदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । 







  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार ११:४९:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया