मन्त्रालयको भागबन्डा मिलेपछि मात्र मन्त्री तोक्ने एकीकृत समाजवादीको निर्णय
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रालयको भागबन्डामा सहमति भएपछि मात्र मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने भएको छ ।  

आज बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लागेपछि मात्र मन्त्री बन्नेको नाम टुंग्याउने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

‘हामीले यो वा त्यो मन्त्रालय भनेका छैनौँ, तीनवटा मन्त्रालय चाहियो भनेका छौँ,’ खतिवडाले भने, ‘अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलिसकेको छैन, भागबन्डा मिलेपछि प्रधानमन्त्रीले नाम माग्नेबित्तिकै दिने गरी हामी तयारी अवस्थामा छौँ ।’   

समाजवादीले तीन मन्त्रालय मागे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने दुईवटा मन्त्रालय दिने तयारीमा छन् ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १४:२०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया