प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल चलान भएका युवा धरौटीमा छुटे

गत साता एक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पुगेका तीनजना युवाहरू आज रिहा भएका छन् ।

जिल्ला प्रशासन काठमाडौंले यसअघि नै धरौटी तोकेको भएपनि उनीहरूले धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएको थियो । 

बझाङका १८ वर्षका विप्लव खड्का सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत र बागलुङका ३० वर्षका सोम शर्मा मंगलबार धरौटी बुझाएर रिहा भएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १४:२५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया