राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक : प्रधानमन्त्री
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताएका छन् । 

आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उनले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताए । 

प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन लागिपरेको बताउँदै उनले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको समग्र सुरक्षा भएकोमा जोड दिए । 

उनले भने, ‘राष्ट्रिय सुरक्षाका विषयमा सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक,  सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायत पक्षलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ ।’

नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको उल्लेख गरे । उनले भने, ‘विश्व परिवेशमा भइरहेका घटनाका कारण हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यो तथ्य नेपालजस्ता मुलुकका लागि झन् बढी महत्वपूर्ण हुने गर्दछ ।’

राष्ट्रिय सुरक्षाका सम्बन्धमा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासका साथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले सुरक्षामा महत्व राख्ने उनको भनाइ छ ।



प्रधानमन्त्री दाहालले नेपालको संविधानले निर्देशित गरेको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।  



  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १४:३६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया