पदम लिम्बूलाई सहिद घोषणा गर्न जसपाकाे माग

जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशमा भएको आन्दोलनका क्रममा निधन भएका पदम लिम्बूलाई सहिद घोषणा गर्न माग गरेको छ ।

जसपाका प्रवक्ता मनीष सुमनले आज एक विज्ञप्ति जारी गरी साे माग गरेका हुन् । विज्ञप्तिमा पहिचान प्राप्तिको आन्दोलनमा होमिएका पदम लिम्बुको निधनप्रति दुःख व्यक्त गर्दै जसपाले लिम्बूलाई सहिद घोषणा गरी उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनमा घाइते भएकाहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।'

करिब एक महिनादेखि कोशी प्रदेशमा जारी रहेको पहिचान र अधिकारको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिएकोमा जसपाले गुनासो गरेको छ । पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति यसअघिका झैँ वर्तमान सरकार पनि असहिष्णु देखिएको टिप्पणी पनि गरेको छ ।

पहिचान र अधिकारको आन्दोलनलाई दमन गर्न सरकार उद्यत देखिएको दाबी गर्दै जसपाले पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा नरहेको स्पष्ट पारेको छ । 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १८:१९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया