मन्त्रीको भागबण्डाकाे विषयमा छलफलका लागि बसेकाे सत्तारूढ दलहरूकाे बैठक विनानिष्कर्ष टुंगिएकाे छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक विनानिष्कर्ष टुंगिएकाे हो ।
बैठक बुधबार बिहान ९ बजे पुनः बस्ने भएकाे छ । साे बैठकमा सहमति जुटाउन प्रयास गरिने नेताहरूकाे भनाइ छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ।
मंगलबार बिहान मात्रै प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा समाजवादीले तीनवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो भने प्रचण्डले दुईवटाभन्दा बढी दिन नसकिने बताएका थिए ।
यस्तै कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएकाे छ । तर, मन्त्रालयमा सहमति जुट्न सकेको छैन ।
जसपालगायत साना दलले पनि कुन र कति मन्त्रालय पाउने भन्नेमा सहमति जुट्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।