पूर्ण स्वचालित पेसी प्रणाली कार्यान्वयन गर्न कामु प्रधानन्यायाधीशलाई बारकाे १५ दिने अल्टिमेटम

कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीलाई नेपाल बार एसाेसिएसनले पूर्ण स्वचालित रूपमा पेसी सूची प्रणाली कार्यान्वयन गर्न अल्टिमेटम दिएको छ। 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले कामु प्रधान न्यायाधीश कार्कीलाई १५ दिने अल्टिमेटम दिएको हाे । आगामी १५ दिनभित्र स्वचालि तरुपमा पेसी सूची प्रणाली (अटोमेटेड कज लिस्ट सिस्टम)को व्यवस्था मिलाउन बारले ध्यानाकर्षण गराएको हो। 

२०७८ सालमा कार्कीको संयोजकत्वमा गठित समितिले स्वचालित रूपमा पेसी सूची तोकिने प्रणाली लागू हुनुपर्ने सुझाव दिएको थियो। उक्त प्रणाली लागू नहुँदासम्म गोलाप्रथा (राफल प्रणाली)द्वारा पेसी सूची प्रकाशन गर्न सुझाएको थियो। गत वर्षदेखि सर्वोच्च अदालतमा गोलाप्रथा (राफल प्रणाली)द्वारा पेसी सूची प्रकाशन हुँदै आएको छ।

बारको गत फागुन १३ र १४ गते वीरगञ्जमा सम्पन्न १५औँ राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले घोषणापत्र जारी गर्दै पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग गरेको थियो। 

भेटमा कामु प्रधानन्यायाधीश कार्कीले बजेटको समस्या दर्साउँदै एक साताभित्रै सर्वोच्चको फुलकोर्टको बैठक बोलाई कार्यान्वयनको प्रक्रिया अघि बढाउने बताए। 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार २०:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया