मिटरब्याजीको शोषण सरकारले अविलम्ब रोक्नुपर्छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । 

आज बानेश्वरमा पीडितहरूले आयोजना गरेको धर्ना कार्यक्रममा पुगी नेता खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । उनले भने, ‘तपाईँहरूका माग जायज छन् । तपाईंहरूमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ, सरकारले माग पूरा गर्नुपर्छ,’ खनालले भने । 

नेता खनालले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताउँदै मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताए । उनले जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा हुने धारणा राखे । 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार २२:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया