logo-img

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँटमा सहमति जुटाउने प्रयास

मन्त्रालयको भागबन्डा टुङ्ग्याउन र सरकारको साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ ।  

मंगलबार साँझ बसेको बैठक विनानिष्कर्ष टुङ्गिएपछि बैठक आज बिहान ९ बजेका लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।   

आजको बैठकमा मन्त्रालय भागबन्डाको विषयमा सहमति जुटाउने शीर्ष नेताहरूको तयारी छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ ।   

मंगलबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा समाजवादीले तीनवटा मन्त्रालयमा दाबी गरेको थियो । 

प्रचण्डले दुईभन्दा बढी मन्त्रालय दिन नसकिने जवाफ दिएका थिए । त्यस्तै, कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएको बताइएको छ । यद्यपि कुन-कुन मन्त्रालय पाउने भन्नेबारे भने सहमति जुट्न सकेको छैन ।    

जसपालगायत साना दलले पनि कुन र कति मन्त्रालय पाउने भन्नेमा सहमति जुट्न बाँकी छ ।  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार ७:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया