देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय तहले देखिने गरी काम गर्नुपर्ने बताएका छन् ।

बनेपा नगरपालिकाको ४२ औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव पनि दिए । मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न  सबैलाई आग्रह गरे ।

‘वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ,’ उनले भने । जनादेशअनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उनको भनाइ थियो ।  

प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरूपको काम गर्नमा दृढ रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए । 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार ९:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया