मिटरब्याज पीडितलाई मुख्यमन्त्री यादवले भने- तपाईँको आँसुको हरेक थोपामा हाम्रो साथ छ
फाइल तस्बिर


मधेस प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै ‘तपाईँको आँसुको हरेक थोपामा हाम्रो साथ छ ’ भनेका छन् । 

‘पैदल हिँडेर काठमाडौं पुग्नुभएका र काठमाडौं पुग्न नसकी घरमै उकुसमुकुस पर्नुभएका मिटरब्याज पीडित हाम्रा दाजुभाइ दिदी बहिनीहरूको समस्याप्रति हामी गम्भीर छौँ ’ उनले भनेका छन्, ‘तपाईँको हरेक पाइलामा हाम्रो साथ छ, तपाईँको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौँ, भाग्दैनौँ पनि ।’  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १०:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया