प्रचण्ड र नेपाललक्षित पोखरेलको टिप्पणी : ‘एमाले सिध्याउँछौँ’ भन्नेलाई जनताले भित्तामा पुर्‍याए
फाइल तस्बिर

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘एमालेलाई सिध्याउँछौँ’ भनेर लागेकालाई जनताले भित्तामा पुर्‍याइदिएको बताएका छन् । 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पोखरेलले ‘एमालेलाई सिध्याउँछौँ’ भन्नेहरूलाई निर्वाचनमार्फत जनताले भित्तामा पुर्‍याइदिएको बताएका हुन् ।  

पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुटअन्तर्गत रौतहटमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको माया र स्नेहले नै नेकपा (एमाले) समानुपातिक मतमा पहिलो भएको बताए ।  

पोखरेलले अब आउँदो निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी पार्टीले योजनाबद्ध ढङ्गले काम गरिरहेको बताए ।

मिसन ग्रासरुटको मुख्य उद्देश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताका समस्याको समाधान र पार्टीलाई जगैदेखि नै बलियो बनाउनु रहेको पोखरेलको भनाइ छ । 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १०:४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया