कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयको आग्रह : रुघाखोकी भनेर बेवास्ता नगर्नू

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फेरि बढ्न थालेको भन्दै बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।  

कोरोना सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयले आग्रह गरेको हो । 

ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन मन्त्रालयको अनुरोध छ ।  

भारतको उत्तरप्रदेशमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि फेरि संक्रमित बढ्न थालेका छन् । मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन पनि सबैलाई आग्रह गरेको छ ।

नेपालमा मंगलबार १ हजार ४ सय २९ मा परीक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको थियो ।  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १३:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया