माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रकाश ज्वालालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने भएको छ।
प्रधानमन्त्री प्रचण्डले कम्तीमा मन्त्री बन्ने एकजनाको नाम माग गरेपछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको निर्णयअनुसार उपमहासचिव ज्वालालाई मन्त्रिमण्डलमा पठाउने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवत: आजै शपथ हुनेछ । एकीकृत समाजवादीलाई पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाग परेको जनाइएको छ ।
भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको नारायणकाजी श्रेष्ठलाई गृहमा पठाएर ज्वालालाई सो मन्त्रालय दिन लागिएको बुझिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।