\
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफको प्रतीक्षामा रहेको बताएको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीनवटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुङ्गो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा रहेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताए । प्रवक्तासमेत रहेका खतिवडाले तीनवटा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालयको पनि टुङ्गो नभएकाले प्रधानमन्त्रीको जवाफ कुरेर बसेको बताए ।
‘धेरैबेर छलफल गरेका छौँ । तीन मन्त्रालयमा हाम्रो दाबी छ । मन्त्रालय प्राप्त भई नसकेको र मन्त्रालय पनि टुङ्गो लागि नसकेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा छौँ । जुनकुनै बेला पनि मन्त्रीको नाम दिनसक्ने गरी तयारीमा छौँ । हामी तीन नाम दिन तयार भएर बसेका छौँ,’ खतिवडाले भने ।
उनले एकीकृत समाजवादीले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरू तयार भएर बसेको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।