\
नेकपा एकीकृत समाजवादीले दुईजना केन्द्रीय नेताले दिएको राजीनामा स्वीकृत गरेको छ ।
बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चूणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
बुधबार अपराह्न बसेको सो पार्टीको आकस्मिक सचिवालय बैठकले पार्टी परित्यागको घोषणा गरेका दुईजना केन्द्रीय नेताको राजीनामा स्वीकृत गरेको हो ।
बैठकले मिटरब्याज पीडितले गरेको आन्दोलनको समर्थन गर्दै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।