राम नवमीमा कर्णाली प्रदेशले दियाे सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । 

प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका १० वटै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष (०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठक)को निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक संघसंस्थामा बिदा दिइएको बताए ।





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १७:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया