सञ्चारसचिव अर्याललाई जगेडामा तानेर मधेसका प्रमुख सचिव राउतलाई ल्याइयो

सरकारले सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेको छ । अवकाश हुन तीन महिना मात्रै बाँकी रहँदा सचिव अर्याललाई जगेडामा तानिएको हो । 

उनको ठाउँमा मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई ल्याइएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले मधेस प्रदेशको प्रमुख सचिव पदमा भने लुम्बिनी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेलाई सरुवा गर्ने निर्णय गरेको छ ।

करिब डेढ वर्षदेखि सूचना प्रविधि मन्त्रालयको सचिव रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्त समूहमा सरुवा भएका छन् । 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार २१:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया