मन्त्री छान्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन कांग्रेसले पार्टी कार्यालय बीपीनगर सानेपामा बिहान ११ बजे बैठक बोलाएको हो ।   

यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक सत्ता साझेदारबीच मन्त्रालय भागवण्डामा सहमति नजुट्दा दुई दिन पछि सरेको थियो ।  बुधबार सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबण्डाको संख्यामा सहमति जुटाएका थिए । 

आज बिहान पुनः बैठक बसेर मन्त्रालय भागबन्डाबारे टुंगो लगाएसँगै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत मन्त्रीको टुंगो लगाउन लागेको हो ।

बुधबारको गठबन्धन बैठकमा कांग्रेसले ८ मन्त्रालय पाउने पाउने सहमति भएको थियो । यद्यपि कुन–कुन मन्त्रालय पाउने भन्नेबारे भने टुंगो लाग्न बाँकी छ ।  





  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार ७:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया