प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै
फरकधार / १६ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएका छन् । सत्ता गठबन्धनको बैठक र मन्त्रिपरिषद् विस्तारको तयारीका बीच प्रधानमन्त्री प्रचण्ड आज चितवन जान लागेका हुन् ।



विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड चितवन जान लागेका उनको सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड पूर्वनिर्धारित कार्यक्रमअनुसार चितवन जान लागेका हुन् ।



उनी दिउँसो १ बजे काठमाडौं आउने तालिका छ । प्रचण्ड फर्किएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।



बुधबार बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाको विषयमा सहमति जुटाएको थियो । यद्यपि कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारेमा भने सहमति जुट्न बाँकी रहेको बताइएको छ ।  







  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार ९:१५:३८,   अन्तिम अपडेट : चैत १६, २०७९ बिहीबार ९:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया