नेपालीकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा मन्त्रीहरूको नाम र उपनिर्वाचन उम्मेदवारबारे छलफल भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । त्यसअघि कांग्रेस बैठकले मन्त्रीको नाम टुंगो लगाउन लागेको हो ।
बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको थियो । यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक बिहीबारसम्मका लागि सारिएको थियो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।