आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिने सम्भावना रहेको बताएका छन् ।

बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने सम्भावना रहेको बताएका हुन् ।

‘सकेसम्म यहाँबाट १ बजे फर्केर जाने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’, उनले भने, ‘यदि आज सकिएन भने पनि भोलि बिहान होला, काम त हाम्रो सकिएको छ ।’ 

प्रधानमन्त्री प्रचण्डले एक/दुईवटा मन्त्रालय मात्र मिलाउन बाँकी रहेको पनि बताए । उनले अब नेपालको राजनीतिक स्थायित्वले नयाँ आधार प्राप्त गर्ने पनि दाबी गरे ।

‘मलाई विश्वास छ अब राजनीतिक स्थायित्वले पनि अब नयाँ आधार प्राप्त गर्नेछ, मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर जाने नै हो त्यसका लागि म पूरै तागत लगाउँछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।    





  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार ११:५२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया