नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार तेजावी सुन तोलामा १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ३६५ मा कारोबार भएको चाँदी बिहीबार सामान्य बढेर तोलामा १ हजार ३७५ रुपैयाँ पुगेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।