कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।​

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति बनेपछि हाल तनहुँ–१ रिक्त छ ।

आगामी उपनिर्वाचन १० वैशाखमा हुँदैछ ।    





  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार १२:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया