सरकारी टोली र मिटरब्याज पीडितबीचको वार्ता साँझसम्मका लागि स्थगित

सरकार र मिटरब्याज पीडितबीच बिहीबार नै फेरि वार्ता हुने भएको छ । आज दिउँसो गृह मन्त्रालयमा बसेको छलफलले निर्णय लिन नसकेपछि फेरि साँझ ६ बजे वार्ता बस्ने भएको हो ।   

गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आ–आफ्नो धारणा राखेका थिए । सरकारले गृह मन्त्रालय सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ ।  

समितिमा शर्मासँगै मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनालीसदस्य रहेका छन् ।  

मिटर ब्याजपीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहने छन् । पीडितहरू महोत्तरीको बर्दिबासबाट हिँडेरै आइतबार काठमाडौं आइपुगेका थिए ।   





  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार १४:१४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया